नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन

प्रकाशित मिति: १७ पुष २०७८, शनिबार ०९:१८

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गर्नुभएको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो ।

पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा  एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई  जना उप-महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्रीय सदस्य समावेशी आधारमा चयन हुने विधानमा उल्लेख छ ।

केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ ।

(Visited 32 times, 1 visits today)

१७ पुष २०७८, शनिबार ०९:१८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....