अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्याे

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलवार ०३:३२

अमेरिकामा कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

सोमबार दुई जनाको ज्यान गएकोमा अहिलेसम्म वाशिङ्टन प्रान्तमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । सयभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ । किर्कल्याण्डको किङ कन्टीका स्वास्थ्य अधिकारी जेफेरी डुचिनका अनुसार ज्यान गुमाउनेमध्ये चार जना लाइफ केयर सेन्टर नर्सिङ केयरका बासिन्दा हुन् ।

लाइफ केयर सेन्टरका अन्य चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘वर्तमान आवासीय क्षेत्र र त्यससँग जोडिएका आवासीय क्षेत्रमा निगरानी बढाइएको छ, विशेषगरी उच्च तापक्रम, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएकालाई विशेष प्राथमिकता दिइएको छ’, लाइफ केयर को वेबसाइटमा भनिएको छ, ‘कोही स्थानीयलाई कोरोनासम्बन्धी लक्षण देखिएमा आइसोलेशनमा राखिने व्यवस्था गरिएको छ ।’

कोरोनाका कारण विश्वभरि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार नाघेको छ भने ८८ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ ।

(Visited 22 times, 1 visits today)

२० फाल्गुन २०७६, मंगलवार ०३:३२ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....