सवारीचालकमा गर्दै आएको जाँडरक्सी खाए/नखाएकाे परीक्षण स्थगित नभएको प्रष्ट

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार ०९:१७

ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको जाँडरक्सी खाए/नखाएकाे परीक्षण स्थगित नभएको प्रष्ट पारेको छ ।

कोरोना भाइरसको त्रासका कारण ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको जाँडरक्सी खाए/नखाएकाे परीक्षण स्थगित गर्ने भन्ने समाचार गलत भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी भीम ढकालले ब्रेथलाइजरबाट मापसे परीक्षण नियमित हुने जानकारी दिनुभयो ।

‘ब्रेथलाइजरबाट कुनैपनि रोगको संक्रमण नहुने स्वास्थ्य विज्ञको सुझाव अनुसार हामी ढुक्क हिसाबले मापसे परीक्षणलाई निरन्तरता दिन्छौँ’, एसएसपी ढकालले भन्नुभयो ।

जाँडरक्सी खाए/नखाएकाे परीक्षण गर्ने क्रममा यात्रुको श्वास नै गको संक्रमणको जोखिम नभजाँच्नुपर्ने भएकाले कोरोनाकाे त्रास ट्राफिक प्रहरीमा पर्नु स्वाभाविक हो तर विज्ञसँगको  परामर्श अनुसार ब्रेथलाइजरबाट मापसे परीक्षण गर्दा कुनै पनि रोएको ढकालको भनाइ छ ।

ब्रेथलाइजरबिना श्वास जाँच्ने काम भने ट्राफिक प्रहरीले बन्द गरिसकेको भन्दै एसएसपी ढकालले ट्राफिक प्रहरीसँग जाँडरक्सी खाए/नखाएकाे परीक्षणका लागि पर्याप्त ब्रेथलाइजर पनि रहेको जानकारी दिनुभयो ।

यसअघि विसं. २०६८ मंसिर १७ गतेबाट सुरु भएको जाँडरक्सी खाएकाे कसुरअनुसार कारबाही गर्ने अभियानले सवारी दुर्घटना कम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र हरेक दिन बेलुका ७ देखि ८ बजेसम्म २६ ठाउँमा नियमित जाँडरक्सी खाए/नखाएकाे परीक्षण हुने गर्छ । राति १२ बजेदेखि बिहानसम्म भने १० ठाँउमा जाँडरक्सी खाए/नखाएकाे परीक्षण हुन्छ ।

जाँडरक्सी खाए/नखाएकाे परीक्षण अभियानबाट जाँडरक्सी खाएर गाडी चलाउनेको सङख्यामा कमी आएको भनिए पनि महानगरीय ट्राफिक प्रहरी माहाशाखामा सचेतना कक्षा लिन आउनेको सङ्ख्या घटेको छैन ।

(Visited 42 times, 1 visits today)

२१ फाल्गुन २०७६, बुधबार ०९:१७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....