कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार १४:५७

कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पताल लगिएको थियो ।

उनको नमुना परीक्षण भएको छैन । विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने भए पनि कुवेतबाट फर्किएका ती नेपालीलाई भने पाटन लगिएको हो ।

‘यहाँ बेड खाली छैन भन्ने म्यासेज बाहिर गएकाले पाटन पठाइएको रहेछ, तर यहाँ पनि आइसोलेसन वार्ड खाली नै थियो’ टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने । ती विरामीको मंगलबार नमुना परीक्षण गर्ने तयारी छ ।

(Visited 51 times, 1 visits today)

२६ फाल्गुन २०७६, सोमबार १४:५७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....