संसदमा समेत कांग्रेसको उपस्थिति कमजोर : कोइराला

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार ११:५५

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएकाे छ ।

बुधबार विराटनगरमा रहेकाे कोइराला निवासमा प्राध्यापक र बुद्धिजीवीहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दावी गर्नुभयाे ।

उहाँले संसदमा समेत कांग्रेसको उपस्थिति कमजोर भएको उल्लेख गर्दै भन्नुभयाे, ‘नेकपाका साथीहरू नै प्रमुख प्रतिपक्ष अलि कडा रुपमा उत्रिनु पर्‍याे भन्नुहुन्छ, नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट छैनन् । सरकारका गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना छ । जुनरुपमा कांग्रेसले आवाज उठाउनुपर्ने हो त्यसअनुसार उठाउन सकेको छैन ।’

कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको कोइरालाले भनाइ थियो ।

आफ्नै सरकार भएकाले नेकपाका नेताले विरोध गर्ने आँट गर्न नसकेको भन्दै नेता कोइरालाले राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउनुपर्नेमा उनले जोड दिनुभयाे ।

कांग्रेस नेतृत्व काठमाण्डौमा मात्रै सीमित भएको र नेतृत्वले आफू निकटका व्यक्तिलाई पद बाँडेर आफू बलियो भएको महसुस गरिरहेको कोइरालाले बताउनुभयाे । नेता कोइरालाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति हुन नसकेको उल्लेख गर्नुभयाे ।

भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको भन्दै कोइरालाले शेरबहादुर देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दावी गर्नुभयाे ।

कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दावी गर्दै सरकारले गलत काम गर्ने व्यक्तिलाई कारबाही नगर्दा सरकारप्रति जनताको वितृष्णा बढ्दै गएको प्रस्ट्याउनुभयाे ।

वाइडबडी, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, ७० करोड कमिसनलगायतका काण्डका कारण सरकारप्रति जनताको विश्वास गुमेको उहाँको भनाइ थियो ।

“प्रधानमन्त्री केपी ओलीजीले सेक्युरिटी प्रेस खरिदको ७० करोड टेपकाण्ड सार्वजनिक हुँदा पनि गोकुल बाँस्कोटाको डिफेन्स गरिरहनुभएको छ’, कोइरालाले भन्नुभयाे, ‘मैले त अस्ति प्रधानमन्त्रीलाई भेट्दा तपाईँमाथि नै आशंका उब्जिएको छ भनिदिएँ । त्यसपछि प्रधानमन्त्रीजीले गोकुल बाँस्कोटाले गल्ती गरेको रहेछन् भने पार्टीबाटै निकाल्छु भन्नुभएको छ । अब हेरौँ कतिको कारबाही गर्नुहुन्छ ।’

(Visited 50 times, 1 visits today)

२८ फाल्गुन २०७६, बुधबार ११:५५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....