एप्पल कम्पनीका विश्वभरका आफ्ना सबै स्टोरहरु बन्द

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार ०९:२५

विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले विश्वभरका आफ्ना स्टोरहरु बन्द गरेको जनाएको छ । कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् ।

अमेरिकी कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रबार मात्र खुला गरेको थियो । चीनमा रहेका स्टोरहरु भने करिब दुई महिना बन्द भई शुक्रबार मात्र खुलेका हुन् ।

कम्पनीले चीनभन्दा बाहिरका सबै स्टोर बन्द गर्ने निर्णय गरेको हो । मार्च २७ सम्म ती स्टोरहरु बन्द रहने कुकले शनिबार जानकारी दिएका हुन् ।

यसैगरी कम्पनीले कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रणमा सहयोग गर्न १५ मिलियन अमेरिकी डलर दिने प्रतिबद्धता पनि जनाएको छ ।

विश्वभर कोरोना भाइरसको महामारीले उच्च जोखिम निम्त्याएपछि यस्तो निर्णय गर्नुपरेको एप्पलले जनाएको छ ।

स्टोर बन्द गरेपनि एप्पल वेबसाइटबाट सामान किन्न सक्ने वा अन्य अनलाइनमार्फत खरिद गर्न सकिने एप्पलले जनाएको छ ।

(Visited 94 times, 1 visits today)

२ चैत्र २०७६, आईतवार ०९:२५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....