अमेरिकामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा धेरै

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार ०३:३९

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । गएको २४ घण्टामा १५ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अमेरिकामा सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा धेरै भएको हो ।

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८२ हजार चार सय चार पुगेको र एक हजारभन्दा धेरैको ज्यान गएको जोन हप्किन्स् विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार चीनमा ८१ हजार सात सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने इटलीमा ८० हजार पाँच सय ८९ जना सङ्क्रमित भेटिएका छन् ।

तर वल्डोमिटरर्सका अनुसार अमेरिकामा ८३ हजार ६ सय ७२ र चीनमा ८१ हजार दुई सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म विश्वका एक सय ९९ देश र एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण पाँच लाख २९ हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक लाख २३ हजार तीन सय ८० जना उपचारपछि निको भएका छन् भने तीन लाख ८२ हजार दुई सय ५८ जनाको उपचार भइरहेको छ । २३ हजार ९ सय ७६ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटलीमा आठ हजार दुई सय १५ जना, स्पेनमा चार हजार तीन सय ६५ जना र चीनमा तीन हजार दुई सय ८७ जनाको भाइरसको सङ्क्रमणबाट ज्यान गइसकेको छ ।

(Visited 26 times, 1 visits today)

१४ चैत्र २०७६, शुक्रबार ०३:३९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....