अन्य मुलुकबाट आएकामध्ये ६१ हजार व्यक्तिको पहिचान

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार ०३:४७

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएयता नेपालमा भारत तथा अन्य मुलुकबाट आएकामध्ये ६१ हजार व्यक्तिको पहिचान भएको छ । ती मध्ये ५८ हजार पाँच सय जना स्थानीय तहको निगरानीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उनीहरु कतिपय एकान्तबास र कतिपयलाई सार्वजनिक रूपमा बनाइएका क्वारेन्टाइनमा राखिएको मन्त्रालयको भनाइ छ । वडास्तरमा थालिएको अभिलेखीकरणबाट ती व्यक्तिको पहिचान भएको हो । भारतबाट भित्रिएका व्यक्तिको यकिन तथ्यांक लिने काम भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । मन्त्रालयले स्थानीय तहसँग यस बारेमा समन्वय गर्न प्रदेशगत रूपमा एक–एक जना उपसचिवलाई जिम्मेवारी तोकेको प्रवक्ता अधिकारीले बताउनुभयो । विदेशबाट आएका व्यक्तिबाट उनका आफन्तमा तथा भारतबाट लुकीछिपी प्रवेश गरेका एक जनामा कोभिड–१९ को संक्रमण पाइएपछि विदेशबाट आएकाको पहिचान गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हो

(Visited 27 times, 1 visits today)

२४ चैत्र २०७६, सोमबार ०३:४७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....