अदुवा बिक्रीबाट करिब साढे तीन अर्ब आम्दानी

ZEN Travels

मङ्गलबारे (इलाम), २४  चैत । अदुवा बिक्रीबाट यो वर्ष इलाममा करिब रु साढे तीन अर्ब भित्रिएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ७०÷७१ मा तीन अर्ब रु ३९ करोड ६१ लाख ३७ हजार ५०० बराबरको अदुवा निकासी भएको हो ।   जिल्लामा तीन हजार २३३ हेक्टर जमिनबाट ४५ हजार ८०० ९४ मेट्रिक टन अदुवा उत्पादन भएको छ । उत्पादनमध्ये रोप्नका लागि बीउका रूपमा २० प्रतिशत छुट्याइने गरिएको छ ।

उत्पादित अदुवामध्ये २० प्रतिशत अन्य प्रयोजनका लागि छुट्याएर ३६ हजार ७१५ मेट्रिक टन बिक्री भएको कृषि विकास कार्यालयका सूचना अधिकारी बुद्धिराम भट्टराइले जानकारी दिनुभयो । यस वर्ष माउ तथा बच्चा उत्पादन मौसममा अहिलेसम्मकै उच्च भाउ आएको थियो । किसानले सरदर प्रतिकिलो रु ९३ मा अदुवा बिक्री गरेका थिए । उत्पादित अदुवा झापाको का“कडभिट्टा नाका हु“दै भारत निकासी भएको छ । जिल्लाका अधिकांश गाउ“मा फस्टाएको अदुवाखेतीले किसानको जीवनस्तर माथि उस्केको छ । अघिल्लो वर्षमा अदुवाको मूल्यमा केही बढोत्तरी भए पछि उत्पादन क्षेत्रसमेत वृद्धि भएको छ । किसानले गत वर्षकोभन्दा दुई प्रतिशत बढी क्षेत्रफलमा अदुवाखेती गरेको बताइएको छ ।

उत्पादित अदुवामध्ये करिब ९० प्रतिशत भारतमा र १० प्रतिशतमात्रै स्थानीय बजारमा खपत हुने गरेको छ । बोसे, जिरे, मकवानपुरे, कपुरकोटे, जातका अदुवाखेती यहाँ हुने गरेको छ । आशालाग्दो भाउ आएपछि किसानले न्यूनतम पाँच मनदेखि २० मनसम्म अदुवा रोप्ने तयारी गरेका छन् । अदुवाखेतीमा नयाँ प्रविधि लागू गरेपछि उत्पादनसमेत बढेको किसान बताउँछन् ।  भारतको पञ्जाव, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको मङ्गलबारेका व्यापारी तारा थापा बताउनुहुन्छ ।

अदुवाले यस पटक किसानले धेरै आम्दानी गरेको थापाको भनाइ छ । केही वर्षयता अदुवाको मूल्यमा व्यापक सुधार आएपछि किसान हौसिएका छन् । चार वर्षयता अदुवाले प्रतिमन एक हजारभन्दा धेरै मूल्य पाउँदै आएको छ । यसअघि रु ३०० प्रतिमन बिक्री गरेका किसानलाई यसपालि अदुवाले मज्जाले उकासेको छ । रोगका कारण अदुवा बगान नै सखाप भए पनि किसानले बालीको क्षेत्रफल भने बढाउँदै लगेका छन् ।जिल्लाको फाकफोक, नामसालिङ, गोदक, बरबोटे, मङ्गलबारे, सोयाङ, दानाबारी, चिसापानी, पञ्चकन्या, एकतप्पालगायतका गाविसमा अदुवाको उत्पादन बढी भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला