रुकुमका एक बावुले दिए छोरा सरह छोरीहरुलाई पनि जग्गा

ZEN Travels

मनिष खड्का
रुकुम, माघ १५ गते । रुकुम मग्गाका एक व्यक्तिले आफ्ना छोरीहरुलाई पनि छोरा सरह पैतृक सम्पति प्रदान गरेका छन् । मग्मा ३ वाउँनवाराका ५९ वर्षिय खम्बे खत्रीले ४ छोरीहरुलार्ई ७ सय ४० वर्ग मिटरका दरले जग्गा प्रदान गर्नुभएको हो ।

खत्रीका बिवाहित छोरीहरु मनिषा खत्री, खड्का, थुममाया खत्री, यशोदा खत्री र अविवाहित छोरी भुममाया खत्रीले आफ्ना दाजुभाईले पाए बरावरको अंश प्राप्त गरेका हुन् । १४ छोरा, छोरीका बाउँ बनेका खत्रीले छोरी पनि आफ्नै सन्तान भएकोले विभेद् गर्न नहुँने भन्दै छोराछोरीलाई समान अंश वण्डा गरिदिएको बताउँनुभयो ।

छोरीलाई पनि छोरा सरह समान अंश दिनुपर्छ भनिएपनि त्यस्तो हुन नसकेको भन्दै आफुले गाउँमा उदाहरणिय कार्यको सुरुवात गर्न खोजेको उहाँको भनाई छ । सामाजिक कार्यमा समेत सक्रिय खत्रीले छोरालाई काखा र छोरीलाई पाखा नगर्न सवैलाई आग्रह गर्नुभएको छ ।
छोराछोरी समान हुन भन्ने गरिएपनि समाजमा छोरीलाई पैतृक सम्पति दिनुपर्छ भन्ने चेतनाको अझै विकास भैसकेको पाईदैन् । जसका कारण पैतृक सम्पतिमा छोरीको अधिकार कम प्रयोग भएको देखिन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला