भोजपुर सेवा समाज कतारका संस्थापक संयोजक कार्कीको सम्मानमा रात्रिभोज

ZEN Travels

दिलिप पराजुली

कतार । ६ वर्षे कतार बसाईलाई बिट मार्दै नेपाल फर्कन लागेका भोजपुर सेवा समाज कतारका संस्थापक तथा निवर्तमान संयोजक खगेन्द्र कार्कीलाई संस्थाले एक कार्यक्रमका बीच सम्मान गर्दै शुभकामनासहित रात्रीभोजको आयोजना गरेको छ । दोहाको हिमालय होटलमा २५ जनवरी २०१५ का दिन संस्थाका अध्यक्ष जयकुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाको वर्तमान सल्लाहकार संयोजकसमेत रहेका कार्कीलाई सम्मान तथा शुभकामनाका लागि भोजपुरेलगायत अन्य क्षेत्रबाट समेतको प्रतिनिधित्व रहेको थियो ।

बिदाई भनेर जाँदा साथीभाईसँग टाढा जस्तो लाग्ने हुँदा बिदाई नभई सम्मान तथा शुभकामना कार्यक्रम राखिएको थियो । कार्कीलाई संस्थाका अध्यक्ष, सल्लाहकार तथा सम्पूर्ण उपस्थित भोजपुरेको तर्फबाट सम्मानपत्रको साथमा खादा ओढाएर सम्मान गर्दै संस्थागत रुपमा भोजपुर सेवा समाज र व्यक्तिगत रुपमा तेज कटुवाल परिवार, चिरञ्जिवी तिम्सिना परिवार, पत्रकार सिताराम थापा, संस्थाका अध्यक्ष जयकुमार राईले उपहारसमेत प्रदान गरेका थिए । सोही कार्यक्रममा खादाले सम्मान गर्दै दोलखाबासीको तर्फबाट हरि खत्रीलगायतले कार्कीलाई शुभकामना दिएका थिए । सो कार्यक्रमको विशेष अतिथि कार्की थिए भने अतिथिहरुमा संस्थाका सल्लाहकारहरु चिरञ्जिवी तिम्सिना, दिक्पाल राई तथा अग्रज प्रमेश दाहाल रहेका थिए । भोजपुर सेवा समाज कतारका दुई दर्जन बढी सदस्यहरु भेला भएको सो कार्यक्रममा सबैले कार्कीको नेपाल बसाई सुखद र सफल रहोस् भन्दै भोजपुर सेवा समाज कतारलाई दिन सक्ने साथ सहयोग नछोड्न आग्रह समेत गरेका थिए । अध्यक्ष राईले कार्कीको नेपाल फिर्तिले संस्थालाई ठूलो क्षति पुगेता पनि सामाजिक सञ्जालको माध्यमबाट नजिकै रहेकोले हरेक कुरामा सल्लाह र सुझाव दिइरहन र परेको साथ र सहयोग दिइरहनेमा आशावादी रहेको बताए । कार्कीले रोपेको विरुवालाई अब कतारमा रहेका भोजपुरे मित्रहरुले मलजल गर्नुपर्ने औंल्याएका थिए ।

विगतमा भोजपुर सेवा समाजलाई अध्यक्ष समेत भएर हाकिसकेका प्रमेश दाहालले कार्कीले रोपेको विरुवालाई सबैले मिलेर अब मलजल गर्नुपर्ने र विगतको निराशाभन्दा माथि उठेर यो संस्थालाई अगाडि बढाउनु पर्ने औंल्याएका थिए । यसैगरी सो कार्यक्रमलाई विशेष अतिथिको आसनबाट बोल्दै कार्कीले संस्थाले एक खुट्किलो पार गरिसकेको, चुनौति बेहोरिसकेको हुँदा अब यसलाई सहज रुपमा सञ्चालन गरेर लाने जिम्मेवारी सम्पूर्ण भोजपुरे मित्रहरुमा सुम्पिएको बताए । उनले संस्थाले सञ्चालन गरेको बचतले भोलिका दिनमा श्रमिक होइन मालिक हुने लक्ष्य लिएर बचतलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार ढंगले अगाडि बढाउन समेत अनुरोध गरेका थिए । यसैगरी सम्पूर्ण सदस्यहरुलाई एक वर्षसम्म प्रत्येक महिनाको मिटिङमा उपस्थित रहँदा वा बचत संकलन भएको अवस्थामा भेला हुँदा

संस्थाले कतारका भोजपुरे श्रमिकको लागि विधानसम्बत ढंगले खोलेको ‘भलाई कोष’ र संस्थागत रुपमा राखिएको लेबि सबैले बुझाएर संस्थालाई आर्थिक सवल बनाउन सकियो भने संस्थालाई सहज ढंगले अगाडि बढाउन सकिने तर्क राखेका थिए । संस्थाका कोषाध्यक्ष दिलिप पराजुलीले सञ्चालन गरेको सो कार्यक्रममा बोल्दै कार्कीले संस्थाको वार्षिक कार्ययोजना ल्याउन हचुवाको भरमा नल्याई सहयोग गर्नै पर्ने समूहको स्थलगत निरीक्षण, सोधपुछ समेत गरी प्रतिवेदन र पत्रको आधारमा मात्र तय गर्न समेत अनुरोध गरेका थिए । कार्कीले विशेषतः मेरो कार्यक्रममा संस्थागत र बाह्य रुपमा साथ, सहयोग गर्नुहुने र संस्थासँग सदैव नजिकमा राख्नको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रथम साधारण सभाका अवसरमा सम्मान गरिएको ति सम्पूर्ण सम्मानित व्यक्ति तथा संस्थाहरुसँग भोजपुरे मित्रहरु सदैव सम्मानजनक ढंगले प्रस्तुत हुनसमेत आग्रह गरेका थिए ।

संस्थाभित्र अनुशासन कायम गराउन आचारसंहित समेत लागु गरिएकोले त्यसलाई ख्याल गरेर साथीभाईहरुसँग कुराकानी गर्दै एक आपसमा सदैव सामिप्यताको नाता कायम हुने खालको वातावरण सिर्जना हुनेमा आफू ढुक्क रहेको समेत बताए । साथै कार्कीले कतारमा विभिन्न संस्थाहरुले खोजेको सहयोग तथा राष्ट्रिय रुपमा खडा भएका आपतकालीन सहयोगको लागि भोजपुर सेवा समाज सदैव तयारी अवस्थामा रहनु पर्ने बताए । कार्कीले अन्तमा आफू जहाँ भएपनि भोजपुर मात्र होइन आफूसँग नजिक रहेका व्यक्ति तथा संस्थाहरुको हितका निम्ति सदैव तयारी अवस्थामा रहेर सकेको साथ र सहयोग निभाउन कुनै कसर बाँकी नराख्ने भएकोले सबैलाई ढुक्क हुन आग्रह गरेका थिए । कार्यक्रममा समापन गर्दै यो कार्कीको अभावमा उभिएको भोजपुर सेवा समाज कतारलाई अब यहाँ बसेका व्यक्तिहरुको ठूलो योगदानको खाँचो रहेको औंल्याउँदै सम्बद्ध सबैबाट साथ, सहयोग पाउनेमा आफु आशावादी रहेको बताउँदै संस्थाले गर्नुपर्ने योजनाहरु र चालुरहेका योजना तथा कार्यक्रमहरुको बारेमा अमूल्य सुझाव, सल्लाह दिइरहन कार्कीलाई अनुरोध समेत गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला