चट्याङ लागेर महिला गम्भिर घाईते

ZEN Travels

मनिष खड्का
रुकुम, माघ २० गते । चट्याङ लागेर रुकुममा एक महिला गम्भिर घाईते भएकी छिन् । आज विहान करिब साढे ११ बजेतिर परेको चट्याङ लागेर खोलागाउँ गाविस वडा नं. ६ टुनिगैरा निवासी २६ वर्षिय निर्मला ओली गम्भिर घाईते हुनुभएको हो ।

घरमा खाना पकाईरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा ओलीको देब्रे खुट्टा र हातमा गहिरो चोट लागेको बताईएको छ । घाईते ओलीको खोलागाउँको जोगिनेटामा रहेको स्थानिय मेडिकलमा उपचार भैरहेको स्थानियले बताएका छन् ।

चट्याङ लागेर ३ तले ढुङ्गे घर र २१ वाटको सोलार सेटमा पुर्ण रुपमा क्षति पुगेको घर धनि शान्त वहादुर ओलीले जानकारी दिनुभयो । त्यस्तै एउँटा भैसी, गोरु र ३ ओटा बाख्रा समेत मरेका छन् । चट्याङबाट करिव ३ लाख ५० हजार वरावरको क्षेति भएको पारिवारिक श्रोतले जनाएको छ ।।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला