जुम्लामा यस वर्ष २ सय वटा स्याउ बगैचा निर्माण हुने

ZEN Travels

जुम्ला १० फागुन । जुम्लामा यस वर्ष २ सय वटा स्याउ बगैचा निर्माण हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले एक घर एक स्याउ बगैचा निर्माण गर्ने लक्ष्य लिएकोले यस वर्ष २ सय वटा स्याउ बगैचा निर्माण हुने भएको हो ।

स्याउ बगैचा निर्माणका लागि प्रत्येक किसानलाई १ सय ५० वटा स्याउका विरुवा उपलब्ध गराईको वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरले बताउनु भयो ।

प्रति स्याउका विरुवा १५ रुपैँयामा उपलब्ध गराईएको उहाँको भनाइ छ ।

यस वर्ष जुम्लामा ३० हजार स्याउका विरुवा वितरण गरिएको प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला