पैसामा किनबेच हुदै सिरहाको प्रवेशीका परीक्षा

ZEN Travels

एस.पी.गौरब/सिरहा चैत्र ७ गते ।
पत्रकार महोदय,पत्रकार महोदय , सर्तक भएर बस् , आफुसँग भएको किताब र चिट बाहिर फालिदेउ’, सिरहाको एक परीक्षा केन्द्रमा पत्रकार तथा अनुगमन टोली पुग्नु अगावै चिट चोरिरहेका परीक्षार्थीहरुलाई निरीक्षक तथा केन्द्राअध्यक्षहरुले सावधान गराए । निरीक्षकले अनुगमन टोली आएको सूचित गर्ने बित्तिकै कोठामा चिट चोर्न व्यस्त परिक्षार्थीहरुले सर्तक भएर परीक्षा दिन थाले । एसएलसीलाई मर्यादित बनाउन खटाइएका निरीक्षककै सहयोगमा परीक्षार्थीले चिट चोर्ने गरेको भेटिएको हो । सिरहा जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा बिहीबारबाट सुरु भएको प्रवेशीका परिक्षाको अनुगमनमा खटिएका निरीक्षकले नै चिट चोराउन सहयोग गर्नुको साथै अनुगमन टोली आउँदा सचेत बनाउने काम गरिरहेका छन् ।

विशेष गरी निजी विद्यालयका परिक्षार्थीहरु रहेका केन्द्रहरुमा अझ बढी चिट चोरी हुने गरेको देखिएको छ । इलाका प्रहरी कार्यलय मिचैर्
याको माताहतमा रहेका नौ वटा परीक्षा केन्द्र रहेको मिर्चैया नगरपालिका त्यस्तै सिरहाको क्षेत्र नं. ५ स्थित रहेको श्री नेपाल राष्टिय फुल कुमारी महत्तो उमावि बन्दिपुरमा बिहीबार तथा शुक्रबारको प्रवेशिका परिक्षामा चिट चोराउन निरीक्षकहरुले नै सघाइरहेको पाईएको हो । एउटा निजी तथा एउटा सरकारी विद्यालयको परिक्षा रहेको सो परिक्षा केन्द्रमा कोठा बाहिर विद्यार्थीहरुलाई चिट, किताव कापी लग्न नदिन प्रहरी प्रशासनले विशेष चेकजाँच गरेपनि कोठा भित्र निरीक्षकहरुले नै चिट पुर्याई नआएको प्रश्नको उत्तर लेखाउने गरेको पाईएको छ ।
निजी विद्यालयहरुले राम्रो नतिजा निकाल्न आफू अनुकुल निरीक्षकहरुलाई राख्नका लागि मोटो रकम समेत खर्चिने गरेका छन् । ने.रा.फु.कु.उ.मा.वि.बन्दिपुर परीक्षा केन्द्रमा परिक्षार्थीहरुलाई चिट चोराइरहेकै बेला यस्तो फेला परेको हो । निजी विद्यालयले प्रत्येक विद्यार्थीहरुबाट केन्द्र शुल्कको नाममा २ हजारदेखी १० हजारसम्म लिने गरेको केही विद्यार्थीहरुको गुनासो छ । भने केही विद्यार्थीहरुले यो रकम के को लागी भनि सोध्दा उनिहरुको रकममा केही छुट गरेको समेत प्रमाणीत भएको छ । भने सो रकम परीक्षाका केन्द्रअध्यक्ष तथा निरीक्षकहरुलाई आफु अनुकुलको परीक्षा बनाउन दिने गरेको खुलासा भएको हो । केही परीक्षा केन्द्रमा पत्रकारलाई समेत प्रवेश निषेध समेत गरिएको छ । परीक्षा मर्यादित बनाउन प्रहरीले चिट चोराउनेलाई एकलाख सम्म जरिवाना र अन्य सजाय पनि गर्ने माइकिङ गर्दा पनि चिट चोराउने क्रम रोकिएको छैन । बरु उल्टे पत्रकारलाई धम्की लगाउने गरेका छन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला