बझाङमा असिनाले करोडौकोे क्षती

ZEN Travels

सम्राट सिंह
बझाङ १ बैशाख/गत चैत्र १८ गते आएको अविरल बर्षासँगै परेको असिनाले बझाङका विभिन्न गाविसहरुमा करोडौको क्षती भएको छ । असिनाले गरेको नोक्सानी बारे जिल्ला कृषि विकास कार्यालयले गरेको सर्बेक्षण अनुसार १९ सय ६७ घरधुरीहरुको विभिन्न अन्नवाली, तरकारी तथा फलफुल गरी ११ करोड २४ लाख १४ हजारको क्षती भएको जनाएको छ ।
असिनाले दंगार्जी, रायल, सुनकुडा ,बाँझ ,भैरवनाथ लगायतका गाविसमा विभिन्न अन्नवाली,तरकारी,फलफुल पुर्ण रुपमा सखाप पारेको थियो । असिनाले रायल गाविस तथा आसपासका गाविसहरुमा अन्नबाली पुर्ण रुपमा नष्ट गरेको रायल गाविसका स्थानिय भिम भण्डारीले बताए ।
असिनाले बालीनाली नष्ट पारेपछि प्रभावित क्षेत्रहरुमा यसपाली भोकमरी फैलीन सक्ने बढेको छ । असिनाले ठूलो रुपमा क्षती गरेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रभावित क्षेत्र अवलोकन गरेको थियो । असिना प्रभावितहरुको लागि क्षतीपुर्तीका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी हिराराल चौधरीले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला