जननीको पिडामा छट्पटिएको छोरो म

ZEN Travels

अर्जुन आचार्य
स्पेन – नेपाल जननी , आज तिमि आफ़्ना सन्ततिहरुको लास आफ़्नो छातीमा टाँसेर अविरल अश्रु बगाईरहेकी छौ । प्रकृतिको एउटा विनाशकारी रौद्र रुपले आफ़्नो काखमा छटपटाई रहेका , तड्पिरहेका , भोक ,प्यास , डर र त्रासले ब्याकुल सन्ततिलाई देखेर अलिकति पनि मन थाम्न सकिनौ र ? तर तिमीले सहनु सह्यौ …….।
हे जननी तिम्रो संकटको मुक्ति कहिले हुन्छ ? कहिले सुनकोशी बाढी , कहिले जाजरकोट महामारी , अनि बिधंग्श र विनासकारी प्रकृतिको उग्रताण्डब भुकम्प भई तिम्रो छातीमा संधै भरि नाची रहेका छन् । कहिले ६ महिनाकि छोरी लाई दुध पिलाउदै गरेकी आमाको मृत्यु , कहिले छोरीको दुइटा खुट्टा चुंडीएको खबर , कहिले ८० बर्षीय वृद्द भर्यांग झर्दा झर्दै घर भत्किएर पुरिएको खबर , कहिले अपांग स्कुलमा ७० जना जमिन मुनि , कहिले धरहराले पुरिएर ४० जना पानि पनि भन्न पाएनन् ……..कठै ! मलको डोको बोकेर खेत गएकी छोरि कहिलै नफर्कने भईन , ज्यान रहे त सम्पति जोडौला नत्र त् किन चाहियो र सम्पति ? कति बिबश छौ जननी यी तिम्रै सामु भैरहदा ।
सप्तकोशी सकिएला , सप्तगण्डकी सकिएला तर जननी नसकिने भयो तिम्रो आँखामा आँशु । रोएको आँशुले भिजेको पटुकीको टुप्पो नसुक्दै तिमीलाई फेरी अर्को सन्तापले रूवाउँछ अनि फेरी तिमी बाध्य छौ त्यहि पटुकीको टुप्पोले आँशु पुछन । जननी म तिम्रो लाचार छोरो हुँ न तिम्रो आँशु रोक्न सक्छु न तिम्रो पटुकी फेर्न सक्छु । म तिम्रा लागि के गर्न सक्छु त ? हे जननी आमा । आजको यो जटिल घडीमा तिम्रो हराएको सुन्दरता लाई म कसरि फिर्ता ल्याऊँ ? तिम्रा भत्किएका प्रकृतिका छटाहरुलाई कसरि सिंगारु ? मलाई जुन छातीमा राखेर हिड्न सिकायौ , बोल्न सिकायौ , चल्न सिकायौ , खेल्न सिकायौ , मेरो पिडा लाई आफ्नो बनायौ , आफ्नो सुख मलाई दियौ , आज तिमि धेरै धेरै भन्दा दुखि रहेकी छौ तर म किं:कर्तब्य बिमुढ छु ।
जननी तिमि त प्रकृतिको एक सुन्दर अनुपम थियौ , तिम्रो सौन्दर्यको बयान गर्ने मेरो गला आज अबरुद्द छ , तिम्रो आसिर्बादको बरदान पाएको म आज तिम्रो ब्यकुलतामा अफसोच गरिरहेको छु । आज म आफ्नै नजर अगाडी फाटीरहेको जननीको चित्र हेरिरहेको छु । अफसोच गर्दै छु आज म , आफ्नै दाजुभाई दिदिबहिनि र इस्टमित्रहरुको अकालमा मरण भएको देखिरहेको छु । मेरो जननी भन्दा प्यारी संसारमा अरु केहि छैन तर आज उनि भन्दा दुखि अरु कोहि छैन । अरु कोहि छैन ।
प्रकृति हामी थोरै थियौ, साना थियौ , गरिब थियौ , निमुखा थियौ तर खुशी थियौ किन गर्यौ बिनाशको नाममा जननी को चिरहरण ? आज हामी हाम्रो जननीको पिडामा कति रोएका छौ के निर्लज्ज दिब लाई कुनै हेक्का होला ? हामी न्यायका पुजारी अन्यायका बिरोधि नेपाली धर्तिका सन्तति हामी माथि किन यति ठुलो अन्याय ? जवाफ दिन सक्छौ ?
आँखाभरी भरिएका आँशु र मन भरि छटपटीएका बेदना सहित प्रकृति तिमिसंग एउटा बिन्ति छ अब मेरी जननीलाई पिडा नदेउ । मेरी जननी अब तिम्रो बिभत्श आकार देख्न सक्दिनन । हामी तिन करोड सन्ततिको तर्फबाट तिमीलाई अनुरोध गर्दछौ तिम्रो बाटो परिबर्तन गर हाम्रो जननी लाई सतिको सराप लागिसकेको तिमि साबित नगर ।
जननी तिमीलाई तिम्रै सन्तानले राजनीतिको नाममा सदैब एउटा बन्धक बनाए , ति निकम्मा र राजनीति भन्दा पनि तिमिलाई आज दिबले अझै भयंकर पीडादायी पार्सोबर्ती दियो यसलाई पनि ग्रहण गर्यो , तिमि धन्य छौ जननी । परदेशको भुमिबाट तिम्रो पिडामा रुंदा रुँदै थाके , जननी म छिट्टै आउने छु , तिम्रै काखमा बस्न तिम्रो आँशु पुछन , तिम्रै बैसाखी बन्न , तिमिलाई मलम पट्टि गर्न , मलाई आसिर्बाद देउ जननी , मलाई फेरी मायाको लेप लगाउ ।
लेखक – एन आर एन स्पेन का उपाध्यक्ष हुनुहुन्छ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला