१० दिनमा ३६ सय उडान

ZEN Travels

काठमाडौ, वैशाख २४ /धेरै वर्षदेखी भुकम्पविदले राजधानीमा विनासकारी भुकम्प आइहाले एक्लो अन्तराष्ट्रिय विमानस्थलको रन-वे चर्किने र नेपालको बाँकि विश्वबाट हवाई सम्र्पक विच्छेद हुने अनुमान गर्दै आइरहेका थिए । तीन वर्षयताका वर्खायाममा रन-वेको पिच भत्किन थालेपछी भुकम्पविदहरुको अनुमान यथार्थमा बदलिने अधिकाशंले सोचेका थिए । तर, दैवसंयोग यसपटकको महाभुकम्पमा नेपाललाई बाँकी विश्वसँग हवाई माध्यमबाट जोड्ने धावनमार्गमा धन्न केही भएन् । कान्तिपुर दैनिकमा समाचार छ ।

भुकम्प आएको दिन बैसाख १२ गते शनिबारदेखि २१ गते सोमबारसम्मका दस दिन ३ हजार ६ सय ५ वटा उडान भए । यो विमानस्थलान भएका उडानको चाप हालसम्मकै सबभन्दा धेरै हो । अघिल्लो बुधबारको एक दिन हालसम्मकै धेरै उडान भए । त्यसदिन ४ सय ४७ वटा उडान भए । यसमा ‘अराइभल’ मा २ सय २४ तथा २ सय २३ वटा ‘डिपार्चर’ भए । समग्रमा ३ किलोमिटर दुरीको एक्लो रनवेमा अत्याधिक एयर-ट्राफिक भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला