पर्वत लिमिठाना ४ छविसे फाँटमा धान सुक्न सुरु गरेसँगै किसानहरु चिन्तित

ZEN Travels

निर्मल पौडेल

पर्वत १९ भदौ  । भदौ १३ गते सोमवार राति आएको भिषण पानिका कारण लमाय खोलाले लिमिठाना ४ छविसे फाँटमा सिँचाइ हुँदै आएको कुलोको वाँध वगाए पछि फाँटमा धान सक्दै गएको छ ।

करीव १ सय ५० रोपनि खेतमा सिँचाई हुँदै आएको कुलोको वाँधसँगै सिँचाईको पाइप वगाएपछि धान सुक्न सुरु भएसँगै किसान हरु चिन्तित भएका छन् । सिँचाइको अन्य स्रोत नभएको र वाँध वनाउन १५ वटा जाली र केहि पाइप आवश्यक हुने कृषक निर्मला भुसालले जानकारी दिनुभयो । फाँटमा देविस्थान ७ निवासी कपिलामणि भुसाल ,अर्जुन भुसाल,विक्रम भुसाल,दिपक भुसाल,दिपक भुसाल,दयाराम भुसाल, विजय भुसाल, र खानिगाउका केही कृषकहरुले रोपाई गरेका थिए ।करीव १२ वर्ष देखि वाँझै रहेको आधा फाँटमा यो वर्ष रोपाई गरीएको थियो । साडे २ किलोमिटर लामो कुलोको वाँध लिमिठाना २ चनौटे पुछारमा रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला