करेसाबारी संग सम्बन्धित कार्यक्रम असोज ९ गतेलाई सारयिो

ZEN Travels

अनिश गैरे

गुल्मी ३१ भदौ – सिर्जनशील नमुना युबा क्लब नेटा गुल्मीले खुल्ला तिज गित तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । ७ समुहको सहभागीता रहेको कार्यक्रममा डिसिआर डिसी महिला समुह नेटा ३ प्रथम, सिद्धबाबा आमा समुह नेटा ४ द्धितिय, आयोजक सिर्जनशिल नमुना समुह तृतिय तथा अन्य समुह सान्त्व्ना भएका छन । कायक्रमका प्रमुख अतिथि करेसाबारीका अभियन्ता, तथा युबा नेता दामोदर भुषालले क्लबलाई उत्पादन सँग जोडनुपर्ने बताउनुभएको छ । त्यसैगरी उहाँले संस्कृतिलाई संरक्षण गर्न हामी सबै लाग्नुपर्ने, हरेक तहमा महिलाहरुको पहुच हुनुपर्ने, हरेक कामलाई ब्यबसाय संग जोडनुपर्नै बताउनुभएको थियो । त्यसैगरी उहँँले कसेराबारी को बिषयमा यही असोज २ गते आयोजना गरिएको कार्यक्रम असोज ९ गते गरिने समेत जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, सदस्य दिपक खरेलको स्वागत मन्तब्य सँगै शूरु भएको कार्यक्तमको सञ्चालन सचिब भिम पाण्डेले गर्नुभएको थियो । यसैबिच डुडेवाचौर सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा आज खर्बाङ्मा बृहत तिज गित कार्यक्रम सम्पन्न भएको छ । ६ समुहको सहभागीता रहेको कार्यक्रममा मुसीकोट प्रगतीशलि आमा समुह प्रथम, खर्बाङ् महिला समुह द्धितिय,मिलीजुली आमा समुह तृतिय भएका छन भने आयोजक डुडेवाचौर सामुदायिक बन उपभोक्ता समिति, पसाङल्हामु सामदायिक बन उपभोक्ता समिति तथा खर्बाङ् बाल समुह सान्त्वना भएका छन ।
समितका सहसचिब टंक भुजेलको स्वागत सँगै शूूरु भएको कार्यक्रममा समितिका उपाध्यक्ष माया घिमिरेको अध्यक्षता रहेको थियो भने हिमा खरेलले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिब मेघनाथ खरेलले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला