कर्णाली राजमार्ग वन्द हुँदा कालिकोट र जुम्लावासी सास्ती ब्यहोर्दै

ZEN Travels

जुम्ला २१ असोज  । मध्यपश्चिम यातायात व्यवसायी समितिले अनाहकमा दुःख दिएको भन्दै कर्णाली यातायात व्यवसायी संघले यातायात सञ्चालन बन्द गरेपछि कर्णाली राजमार्गमा गाडी डुड्न बन्द भएको छ ।

    कर्णाली यातायात व्यवसायी संघले जुम्लाको बसपार्क, ट्राफिक कार्यालय, कालिकोट जिल्लाको नाग्म र सिजाको गोठिज्युलामा बस तेर्साएर सडक अवरुद्ध पारेको छ । दुई यातायात व्यवसायीको स्वार्थको लडाईले राजमार्गनै बन्द हुँदा यात्रुहरुको बिचल्ली भएको छ । दशैंको मुखमा दैनिक उपभोग्य सामान खरिद गर्न र कार्यालय कामकाजका लागि आएका सवसाधारण अलपत्र परेका छन् । जुम्लादेखि नेपालगञ्ज र काठमाडौं बस सेवा सञ्चालन गर्दा समेत बीचमा मध्यपश्चिम यातयात व्यावसायी समितिले अवरोध गर्ने गरेको आरोप कर्णाली यातायातको छ । हाल कर्णाली राजमार्गमा कर्णाली, मध्ये, काक्रेविहार र वागेश्वरी वस समितिका बसहरु सञ्चालमा छन् भने कर्णाली यातायातका ३७ वटा वस यही राजमार्गमा चल्दै आएका छन् । 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला