चिनियाँ पेट्रोल बिहीबारदेखि बाँडिने

ZEN Travels

काठमाडाैं कात्तिक १७/नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ ।
भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई पेट्रोल दिने निर्णय भएको छ ।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।

घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण गरिनेछ । दसैँअघि सरकारले एक दिन मात्रै पेट्रोल वितरण गर्दा पम्प परिसरमा लामो लाइन थियो । त्यसैले तीन दिनसम्म बाँड्न लागिएको घिमिरेले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला