खोटाङमा अलैँची उत्पादनमा छ प्रतिशतले वृद्धि

ZEN Travels

खोटाङ ३ पुस । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादनमा छ प्रतिशतले वृद्धि भएको छ ।
 
गत वर्ष ४५६ मेट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष ४८५ मेट्रिक टन पुगेको हो । गत वर्ष रु ८० करोडको अलैँची बिक्री गरिएको थियो । कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले गत वर्ष प्रतिहेक्टर ०.५० मनको दरले अलैँची उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर ०.५३ का दरले उत्पादन भएको जानकारी दिनुभयो ।
 
गत वर्ष प्रतिमन रु ८० हजारका दरले बिक्री भएको थियो भने यस वर्ष प्रतिमन रु ९५ हजारका दरले बिक्री भइरहेको छ । जिल्लामा उत्पादित अलैँचीले अहिलेसम्मकै बढी मूल्य पाएको कृषकले बताएका छन् ।
 
खेर गइरहेको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची हाल जिल्लाको ९१५ हेक्टरमा खेती गरिएको छ । जिल्लाका ३४ भन्दा बढी गाविसमा उत्पादन हुने अलैँची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला