सङ्खुवासभामा एक गर्भवती किशोरीले गरिन आत्महत्या

ZEN Travels

सङ्खुवासभा १९ माघ ।  सङ्खुवासभामा एक गर्भवती किशोरीले आत्महत्या गरेकी छिन् ।
 मंगलबार बिहान डेरामै सलको पासो लगाई झुण्डिएर तीन महिनाकी गर्भवती मैयाँ श्रेष्ठ मगरले आत्महत्या गरेकी हुन् । भोजपुरको चौकीडाँडा घर भएका उनी खाँदबारी १, ढोलबाजेटोलमा श्रीमानसहित डेरा गरी बस्दै आएकी थिइन् ।
 
श्रीमान तीर्थबहादुर मगरले १६ वर्षीया उनको पेटमा तीन महिनाको गर्भ रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयले पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको जनाउँदै आत्महत्याको कारण भने खुल्न नसकेकोे बताएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला