सल्यान बाट उत्पादनको २ प्रतिशत मात्रै अदुवा निर्यात

ZEN Travels

 सल्यान  १ फागुन । जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अदुवा उत्पादनको २ प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात भएको छ । अघोषित नाकावन्दीका कारण अदुवाले बजार पाउन नसकेपछि २ हजार मेट्रिक टन भन्दाबढि अदुवा जिल्लाभित्रै थन्किएको हो ।
 
जिल्लाका विभिन्न गाविसहरुमा यस वर्ष २४ हजार ३ सय १० मेट्रिक टन अदुवा उत्पादन भएकोमा हाल सम्म ४ सय मेट्रिक टन मात्र निर्यात भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
 
लामो समय सम्म भारतले गरेको नाकावन्दीका कारण देश वाहिर निर्यात हुन नसकेकाले अदुवाले बजार पाउन नसकेको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिनुभयो । “ उत्पादन भएको अदुवा मध्ये ५० प्रतिशत विउमा र ५० प्रतिशत विक्रि गरिन्छ, यसपाली अदुवा विक्रि हुन नसकेकोले सवै अदुवा किसानसंगै रहेको छ ।” लुइँटेलले भन्नुभयो ।
 
जिल्लामा उत्पादन भएको अदुवा मुख्य रुपमा भारत तथा नेपालका प्रमुख वजारहरुमा निर्यात हुने गर्दथ्यो । नाकावन्दीका कारण निर्यात गर्न असहज भएपछि कृषकहरुले अदुवालाई सुुठो वनाएर विक्रि गर्न थालेका छन् ।
जिल्लामा १ हजार ९ सय ९५ हेक्टरमा अदुवा खेति गरिएकोमा गत वर्षको भन्दा उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “ वर्षायाममा प्रयाप्त पानी नपरेपछि अदुवाको उत्पादन पनि घटेको हो ।” वरिष्ठ कृषि विकास अधिकृत लुइँटेलले भन्नुभयो । उत्पादन भएको अदुवा बिक्री नभएपछि किसानहरु चिन्तित भएका छन् । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला