सिरहामा काँग्रेसको क्षेत्रीय अधिवेशन सुरु

ZEN Travels

लहान ५ फागुन  । सिरहा जिल्लाको छवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन आज बिहानैदेखि सुरु भएको छ ।
 
सर्वसम्मतबाटै क्षेत्रीय समिति चयनका लागि भइरहेको प्रयास असफल भएपछि नेपाली काँग्रेस सिरहाका पदाधिकारी, सांसद तथा क्षेत्रीय प्रतिनिधीको समन्वय र सहमतिमा निर्वाचन समितिले सबै क्षेत्रमा निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।
 
जिल्लाको छवटै निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाइसकेको र बिहानैबाट निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन अधिकृत राजनप्रसाद दाहालले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार क्षेत्रीय अधिवेशनका लागि प्रत्येक क्षेत्रमा एकजना मतदान अधिकृत र एकजना सहायक मतदान अधिकृत खटाइसकिएको छ । माघको २७ गते नै सिरहामा क्षेत्रीय अधिवेशन सकिने भनिए पनि नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।
 
यसअघि माघ २४ गतेसम्ममा सिरहाको छवटै नगरपालिका र ६६ वटा गाविसमा नगर तथा गाउँ समिति चयन भइसकेको निर्वाचन अधिकृत दहालले बताउनुभयो । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला