कर्णालीमा खडेरी, अनाज भन्दा बढी पानीको अभाव भयो

ZEN Travels

कर्णाली २५ चैत   । पुस्तौदेखि प्रयोग गर्दै आएको पानीको मूल सुकेपछि मुगुको रारा गाविस मुर्मा गाउँका बासिन्दा चर्को समस्यामा छन् । करिब ७० घरधुरी रहेको यो गाउँका बासिन्दालाई खानेकुरा भन्दा घरलाई एक गाग्री पानी लिन रातभर जाग्राम बस्नुपर्छ । “कहिल्यै नसुकेको पानीको मुहान यसपटक सुकेपछि गाउँनै काकाकुल भएको छ,” स्थानयि धनसिंह रोकायाले भने ।
रुगा गाविसका डेढ सय दलित परिवारलाई पनि पानीको संकट छ । गाउँदेखि आधाघण्टा टाढाको कुवा सुक्न थालेपछि एक गाग्री पानी पिउन पनि मुस्किल हुन थालेको पनि आजको कान्तिपुरले लेखेको छ । कुवाको पानी भर्न रुगा गाउँका बासिन्दा लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाए रातभर कुवामै बसेर पानी भर्छन । “ज्यालादानरी काम गरेर भएपनि चामल किनेर खाउँला । तर, पानी कहाँबाट ल्याउने ?” रुगा गाविसकी जउकली कामीले भनिन्, “अनाज भन्दा पानी पाउन गा¥हो हुन थाल्यो ।”आजको कान्तिपुरले लेखेको छ ।
जिमा गाविसको सोरुकोट र बन्जाह गाउँका करिब दुई सय परिवालाई पानीको उस्तै दुःख छ । खडेरीका कारण दिउँसो धारमो पानी आउँदैन । राति थोरै आउँछ । त्यो पनि हारालुछ हुन्छ । सरुकोट गाउाका बासिन्दा हातमा जर्किन बोकर आधाघण्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् । बन्जाह गाउँमा रातभर जाग्राम बसेर एक गाग्री पानी भर्नु परेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला