भोजपुरमा बस दुर्घटनामा २९ जना घाइते, ९ जनाको अवस्था गम्भिर

ZEN Travels

 भोजपुर ५ वैशाख  । भोजपुरबाट धरान गइरहेको सप्तकोशी यातायातको बस भोजपुरको जरायोटार स्थित भर्लाबोटेमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको सो दुर्घटनामा परी घाइते हुने मध्ये ९ जनाको अवस्था गम्भिर छ ।
ना४ख ४५७८ नम्बरको उक्त बस घुम्तिमा टर्निङ गर्नेक्रममा बस पल्टिएको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भिर घाइतेहरुलाई उपचारको लागि धरानतर्फ लगिएको प्रहरीले जनाएको छ ।
६० जना सवार उक्त बस र चालक गणेश भण्डारीलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला