चिया दिवसमा दुई पत्रकारसहित ९ जना सम्मानित

ZEN Travels

सिर्जना घिमिरे
झापा, १५ बैसाख ।

नेपाल चिया क्षेत्रको प्रवर्द्धनमा कलम चलाएको भन्दै बीबीसी नेपाली सेवा तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका पत्रकार उमाकान्त खनाल र कान्तिपुर दैनिकका पर्वत पोर्तेललाई नेपाल चिया तथा कफी विकास बोर्डले बुधबार सम्मान गरको छ । १९ औं राष्ट्रिय चिया दिवसका अवसरमा बुधबार बोर्डले उनीहरुलाई सम्मान गरेको हो । उनीहरुसहित अन्य नौ जनालाई दस हजार रुपैयाँ र प्रशंसा पत्रद्धारा सम्मान गरिएको हो ।

सम्मानितहुनेहरुमा उत्कृष्ट सिटिसी चिया कृषकमा जलथल ४ झापाका झत्येन्द्रलाल कर्ण र उत्कृष्ट अर्थोडक्स चिया कृषकमा धनकुटाका खड्गबहादुर थापा सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट सिटिसी चिया उद्योगमा वुट्टावारी टि।स्टेट प्रा।ली विर्तामोड सम्मानित भएको छ । फिक्कल इलामको सिद्धिबिनायक टि इन्डष्ट्रीज प्रा।लि उत्कृष्ट अर्थोडक्स चिया उद्योगको रुपमा सम्मानित भएको छ । अजम्बरी चिया उत्पादक सहकारी संस्था लि जितपुर इलाम उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भयो ।

त्यसैगरी उत्कृष्ट लघु चिया उद्योगको रुपमा सुर्योदय नगरपालिका ११ इलामको विभक्ती पाथिभरा चिया उद्योग सम्मानित भएको छ । उत्कृष्ट चिया निर्यातकर्ताको रुपमा सूर्योदय नगरपालिका ९ इलामको गोर्खा टि स्टेट प्रा।लि, फिदिम १ पाचथरको कंचनजंघा टि स्टेट एण्ड रिसर्च सेन्टर प्रा।लि र साखेजुङ ७ इलामको हिमालय साङ्ग्रीला टि प्रोड्युसर प्रालि रहेका छन् ।

१९ औं राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा झापाको विर्तामोडमा आयोजित दुई दिने चिया महोत्सवको समापनमा कृषि विकास मन्त्री हरिबोल गजुरेलले राजनीतिक पार्टीको अर्थ संकलन गर्ने विधि सुधार गरेपछि मात्र कृषिका समस्या समाधान हुने बताएका थिए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले उक्त महोत्सवको मंगलबार उदघाटन गरेका थिए । चियाका स्टलहरुको कृषि विकास मन्त्री गजुरेलले अवलोकन गरेका थिए ।

महोत्सवमा पूर्वी नेपालका जिल्लाहरुमा उत्पादित विभिन्न प्रकृतिका तयारी चियाका २५ वटा स्टल राखिएका थिए । झापा, इलाम, पाँचथर लगायत जिल्लामा उत्पादित अर्थाेडक्स, सिटिसी चियाका स्टलहरु महोत्सवमा राखिएका थिए । तेस्रा देशहरुमा निर्यात हुने विभिन्न प्रकारका तयारी चिया समेत महोत्सवका स्टलहरुमा राखिएको थियो । स्टलहरु अवलोकन गर्न भारतबाट समेत चियाका व्यवसायीहरु आएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला