टप नेपाली जोक्स – तीन मानिस मरेपछि भगवानको घर

ZEN Travels

तीन मानिस मरेपछि भगवानको घर पुग्छन् । मरेपछि उनीहरु सबै स्वर्ग नै जान चाहन्थे । पहिलो व्यक्ति पुजारी थिए, उसले भगवानसँग भन्छ ‘मैले त तपाईको धेरै सेवा गरेँ, मलाई स्वर्ग पठाइदिनुहोस्’ । भगवान भन्छन् ‘मेरो चम्चागिरी गर्छस्, यसलाई नर्क लैजाओ’ । दोस्रो व्यक्ति नेता थिए उसले भन्छ “मैले जीवनभर समाजसेवा गरेँ त्यसैले मलाई स्वर्ग पठाइदिनुहोस्’ । भगवान भन्छन् ‘नेतागिरी गर्छस्, यसलाई नर्कमा पठाइदेउ’ । तेस्रो व्यक्ति विवाहित व्यक्ति थिए । उसले भगवान सँग भन्छ, म विवाहित व्यक्ति हुँ… । भगवान भावुक हुँदै भन्छन् ‘बस् कर पागल, मलाई पनि रुवाउन खोजेको, ल भित्र हिड ।’

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला