घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालय चितवनको अनुदान

ZEN Travels

चितवन ३० वैशाख । घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालयले अनुदान दिन थालिएको छ ।
 
जिल्लाका ८१ जना किसानलाई करिब रु सात लाखको अनुदान दिन सुरु गरिएको छ । घाँसमा आधारित पशुपालन प्रभावकारी गराउन अनुदान दिन थालिएको जिल्ला पुश सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो । जई घाँस खेती गर्ने ६१ जना तथा वर्षिम घाँस खेती गर्ने २० जना किसानलाई अनुदान दिइने छ ।
 
आधा हेक्टरमा घाँस खेती गर्नेलाई रु पाँच हजार तथा एक हेक्टरमा गर्नेलाई रु १० हजार, तीन हेक्टरमा रु ३० हजार र दुई हेक्टरमा घाँस खेती गर्नेलाई रु २० हजार अनुदान दिन थालिएको छ । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला