जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’

ZEN Travels

हुम्ला  १७ जेठ,। जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ ।
 
सञ्जीवनी कला केन्द्र र जिल्ला विकास समितिले संयुक्तरुपमा आइतबारदेखि आयोजना भएको महोत्सवमा जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् ।
 
महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल, तरबार, देउडा गीत, छुटके नाच, लोक गीत, नृत्य गरी ३७ टोलीले भाग लिएका छन् ।
 
गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको उक्त महोत्सवमा भाग लिने टिमलाई पुरस्कारको व्यवस्था पनि मिलाइएको छ । आइतबारदेखि सञ्चालन भएको कार्यक्रम आज सम्पन्न हुनेछ ।
 
स्थानीय विकास अधिकारी बलदेव जोशीको अध्यक्षतामा भएको महोत्सवको निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले हिजो उद्घाटन गर्नुभएको थियो । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला