पाँचथरमा जंगली च्याउ खाएर थप तीन बिरामी

ZEN Travels

लक्ष्मी गौतम
फिदिम १७ जेठ । पाँचथरको याङनाम –२ मा जंगली बिसालु च्याउ खाँदा थप तीनजना सिकिस्त बिरामी भएका छन् ।
 
आइतबारसाँझ च्याउ खाएका उनीहरु सिकिस्त विरामी भएपछि उपचारार्थ पाँचथर जिल्ला अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
विरामी पर्नेहरुमा याङनाम–२ का ५१ बर्षिय टिकाराम मगर उनका दुई छोराहरु २० बर्षिय गणेश मगर र १८ बर्षिय रमेश मगर छन् । उनीहरुलाई जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि लगिएको छ ।
उनीहरु सिकिस्त रहेकोले थप उपचारको लागि धरानतर्फ रिफर गरिसकेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । यसअघि जिल्लाका थर्पु र आङना गाविसका पाँच जनाको जंगली च्याउ खाएर मृत्यु भइसकेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला