पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर नौ जनाको मृत्यु, आठ बिरामी

ZEN Travels

पाँचथर, २० जेठ । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो ।
 
सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइसकेको छ । अन्य विभिन्न गाविसका गरी आठ बिरामी उपचाररत छन् । च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला