सुदूरपश्चिममा साउने संक्रान्ति पर्व मनाइयो

ZEN Travels

दशरथ भारती
कञ्चनपुर  २ साउन ।   सुदूरपश्चिममा शनिवार देखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइएको छ ।
धामिर्क महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेषरूपमा धामिर्क महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।
आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म ब्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धामिर्क विश्वास रहिआएको छ ।
यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकाले यसलाई कर्कट सङक्रान्ति पनि भनिन्छ । साउन महिनालाई पवित्र महिना मानिन्छ । साउन महिनाभर पार्वतीले ब्रत बसी महादेव पति पाएको धामिर्क विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आङ्खनो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको ब्ररत, उपासना र पूजाआराधना गर्छन् ।
साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन् । विहाहिता महिलाहरु श्रीमान्को दिर्घ आयु र अविवाहितहरुले राम्रो बर पाउन साउनमा महिलाहरु हरियो पोते र चुरा तथा लुगामा लगाउने गर्दछन । साथै नयां विवाह गरेका दम्मपत्तिहरु यो महिनामा कालो हुने भएको माइतमै बस्ने चलन पनि रहिआएको छ । यसैबीच सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधि नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको ह¥यालो हाल्ने चलन छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला