पाँचथरको हाङगुम गाविसका गाविस सचिव बेपत्ता हुँदा सेवाग्राही मर्कामा

ZEN Travels

पाँचथर, ८ भदौ । पाँचथर जिल्लाको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि बेपत्ता भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
 
काम लिएर फिदिमसम्म आएपनि सचिव नभेट्दा उनीहरु काम नगरी रित्तो हात घर फर्कन वाध्य भएको स्थानीय घलेन्द्र लिम्वूले वताउनुभयो ।
 
उनी सम्पर्कबिहीन भएको झन्डै तीनसाता वित्दासमेत अहिलेसम्म सम्पर्कमा नआएको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले वताउनुभयो ।
 
अहिलेसम्म गाविस, जिविस कार्यालय र परिवारसित समेत सम्पर्कमा नरहेको उहाँले वताउनुभयो । उनी सम्पर्कबिहीन भएपछि खोजतलास थालिएको जिल्ला विकास समिति पाँचथरले जनाएको छ ।
 
उनी जिविसका कर्मचारीसित साउन ६ गतेसम्म सम्पर्क रहेको जनाइएको छ । रासस 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला