सल्यान कपुरकोटमा जमीन भासीदै ,सिचाई मन्त्री दिपक गिरीको चासो

ZEN Travels

चेतन रेग्मी
तुलसीपुर, २७ भाद्र ।।
सल्यान कपुरकोटमा दिनप्रतिदिन जमीन भासीदै जादा त्यहाँको बजार संकटमा
पर्ने जनगुनासो बढदै गैरहेका बेला सिचाई मन्त्री दिपक गिरीले चासो ब्यक्त
गर्नुभएको छ । मन्त्री गिरीले बजार संरक्षणका लागी त्यहाको बस्तुस्थीतीको
बारेमा बिस्तृतमा अध्यनगरी पेसगर्न सीचाई मन्त्रालयका सचीवलाई आफुले
निर्देशन दिएको समेत बताउनुभएको छ । तुल्सीपुर उद्योग बाणीज्य संघको
नेतृत्वमा दाङबाट गएको टोलीसंग आज बिहान भेटघाटका क्रममा उहाले सो कुरा
बताउनु भएको टोलीमा संलग्न तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस
सल्लाहकार शरद रेग्मीले जानकारी दीनु भएको छ । त्यसैगरी सिचाई मन्त्री
गिरीले देसभर गैरहेको बाढी, पहीरो,भु–क्षयलाई रोकथाम गर्न आबस्यक कदम
चाल्नपनी आफु तयार रहेको बताउनुभयो । जसका लागी मन्त्रालयका सचीव सहीतको
टोलीले तत्काल समन्धीत क्षेत्रमा गई काम सुरुगर्ने बताउनुभयो ।

यसैबिच खेलकुद मन्त्री दलजीत शेर्पाइलीले दाङ तुल्सीपुरको अरनीको मैदानको
स्तरउन्नती गर्न आफु सकारात्मक रहेको बताउनु भएको छ । दाङको अरनीको
मैदानको ऐतीहासीक महत्व रहेकोले यसको संरक्षण जरुरी रहेको मन्त्री
शेर्पाईलिले बताउनुभयो । मन्त्री शेर्पाईलीले मैदान सरंक्षण र त्यहाँ
प्याराफिटको निर्माण गर्न आफुसहमत भएको बताउदै तत्काल लागत स्टमेट तयार
गरेर पठाउन आग्रह गर्नुभयो । त्यसैगरि मन्त्रि शेर्पाईलिले दाङमै क्रिकेट
मैदान र रंगशाला निमार्णका लागी समेत आफु सकारात्मक रहेको भन्दै अन्य
मन्त्रालयहरु संग समेत समन्वय गरेर निमार्ण गर्न तर्फ लाग्ने बताउनु भयो
। तुल्सीपुर उद्योग बाणीज्य संघका अधक्ष बिमल रिजालको नेतृत्वमा दाङबाट
गएको टोलीसंग आज भेटघाटका क्रममा उहाले सो कुरा बताउनु भएको हो

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला