पाँचथर सदरमुकामका सुनचाँदी पसलमा पनि कैफियत भेटियो

ZEN Travels

फिदिम १४ असोज ।  पाँचथर सदरमुकाम फिदिमका सुनचाँदी व्यवसायीहरुले मापदण्ड बिपरित ढक र तराजु प्रयोग गर्ने गरेको पाइएको छ ।


शुक्रवार सदरमुकाम क्षेत्रका सुनचाँदी पसलमा गरिएको अनुगमनका क्रममा यस्तो भेटिएको हो । नापतौल तथा गुणस्तर बिभाग विराटनगरको संयोजनमा सदरमुकाम क्षेत्रका ३७ वटा सुनचाँदी पसलमा अनुगमन गरिएकोमा अधिकांश व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनको इजाजत पत्र नविकरण नगर्नुका साथै सुन जोख्न प्रयोग गरिने ढक र तराजुको सन्तुलन समेत नमिलेको पाइएको बताइएको छ ।


नापतौल विभाग विराटनगरकी सहायक निरिक्षक अनुजा घिमिरेले मापदण्ड नपुगेका ढक तराजुमा तौलेर सुनचाँदी बेच्दा उपभोक्ता मारपमा पर्ने भन्दै त्यस्ता ढक तराजु जफत गरिएको जानकारी दिइन । अनुगमनका क्रममा नविकरण गर्न बाँकी र मापदण्ड विपरित सुन पसल सञ्चालन गर्ने केहि व्यवसायीलाई ५ दिन भित्र नापतौल विभाग विराटनगरमा हाजिर भई स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको पनि उनको भनाई छ ।


शुक्रवार दिँउसो गरिएको अनुगमनमा पाँचथरका प्रमूख जिल्ला अधिकारी किरण थापा,प्रहरी नायव उपरिक्षक नकुल पोखरेल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल र सुनचाँदी व्यवसायी संघ पाँचथरका अध्यक्ष बिमल धमला लगायत सहभागी थिए । दुई साता यता पाँचथरमा जिल्ला प्रशासन कार्यालय र सरोकारवालाले अनुगमनलाई तिब्र बनाएका छन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला