ओखलढुंगामा महिलाहरु हराउने क्रम बढ्दो

ZEN Travels

जनक ताम्राकार

ओखलढुंगा  १८ कात्तिक ।  पछिल्लो समय ओखलढुंगामा महिलाहरु हराउने क्रम बढ्दो रुपमा पाइएको छ । विगतका बर्षहरुको तुलनामा यस बर्ष महिला हराउनेको संख्यामा दोब्बर बृद्धी भएको पाइएको हो । केहि समय यता जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा महिला हराएका निवेदन ह्वात्तै बढेका छन ।

जिल्ला प्रहरी कार्यलयल ओखलढुंगाको तथ्याकं अनुसार गत आर्थीक बर्ष २०७२ र७३ को अनुपातमा यस चालु आर्थीक बर्षको तथ्याकं हेर्दा दुइ महिना यता पुरुष तथा बालबालीकाको संख्या भन्दा महिला हराएको संख्या दोब्बर रहेको छ । चालु आ.व.को साउन र भदौ मा मात्रै १० जना बेपत्ता भएका छन ।

यसरी बेपत्ता हुनेमा ९ जना महिला र १ जना बालिका छन् । जसमा एक जना भेटिएको बताइएको छ । यस्तै गत आ.व.२०७२र७३ मा नै ७८ जना हराएका मध्ये ५५ जना महिला मात्रै थिए । जसमा २२ जना भटीए पनि ३३ जनाको अझै अत्तो पत्तो छैन । प्रहरीको तथ्याकं अनुसार गत आ.ब.मा ८ जना पुरुष ८ जना बालक र ७ जना बालीका रहेका छन् । भेटीने अधिकांस महिलाहरु घरेलु हिंसाका कारण घर छाड्ने र दोस्रो बिबाह गर्ने गरेको पाइको छ ।

भेटीएका महिलाहरु आफन्त काहाँ फेला परेको र दोस्रो बिवाह गरी अन्तै जाने गरेको पाइएको छ, हराउने महिलाहरुमा बैदेशिक रोजगारीका लागि बिदेशिएका श्रीमानका श्रीमतीहरु बढी रहेको जिल्ला प्रहरी कार्यालय स्थित महिला तथा बालबालिका सेवा केन्द्रका हवल्दार दशरथ चौधरीले बताउनु भयो ।

प्रहरीमा महिला बालबाकिा तथा पुरुष हराएका निबेदन परेपनि भटीएपछि पनि परिवारले पुनः प्रहरीको सम्पर्कमा नआउदा तथ्याकं अपडेटमा समस्या हुने गरेको पाइएको छ। परिवारलाइ बारम्बार फोन गरेर बुझीराख्न पनि समस्या भएको र पविारले आफै जिम्मेवार भएर भेटीएको नभेटीएको जानकारी नदिदा भेटीएकाहरुको तथ्याकं अपडेट गर्न समस्या भएको प्रहरी नायव उपरीक्षक मिलन केसीले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला