काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार ०४:३४

कोरोनाको सङ्क्रण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । हिजो बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि पनि उनीहरूले १० भदौसम्म सेवा बन्द गर्ने निर्णय गरेका थिए । उनीहरूकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले १० भदौसम्म निषेधाज्ञा जारी गरेका थिए । आज जिल्ला प्रशासन कार्यालयहरुको सयुक्त बैठक बस्ने र गृहमन्त्रालयलाई जानकारभोलि निर्णय गर्ने तयारी भइरहेको छ । सङक्रमण बढन थालेपछि फेरि निषेधाज्ञा थप्नको विकल्प नरहेको नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । पत्यकामा समुदायस्तरमै कोभिड–१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय पनि नगरपालिका फोरमले गरेको छ ।

(Visited 39 times, 1 visits today)

९ भाद्र २०७७, मंगलवार ०४:३४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....