काभ्रेको बेथानचोक गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवारको जित

ZEN Travels

काठमाडौं  ३ जेठ । स्थानीय तहको अन्तिम मतपरिणाम आउने क्रममा काभ्रेको बेथानचोक गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।
 
 
बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिनाले ३८६८ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी प्रेम लामाले २७४१ र माओवादी केन्द्रका मर्दनसिंह तामाङले १७४९ मत ल्याए ।
 
त्यस्तै उपमेयरमा कांग्रेसकै सरिता लामिछाने तामाङ ३८५२ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्धन्दी उन्नती केसीले २८४१ मतले पछि परिन् । माअेावादीकी तारा रानाले १६३२ मत ल्याइन् ।
 
योसँगै नेपाली कांग्रेसले जित हासिल गरेको स्थानीय तहको संख्या १७ पुगेको छ । मतगणना जारी रहँदा कांग्रेस अझै ६३ स्थानीय तहमा अगाडि छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला