पत्रकार माथि शरीरमा मोबिल छ्यापेर आगो लगाउने घटनाको निन्दा

ZEN Travels

मिति २०७४ जेठ २४ गते
नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष एवं रेडियो विरगंजका पत्रकार अनुप तिवारीमाथि सोमबार साँझ भएको दुर्व्यबहारको रेडियो पत्रकार राष्ट्रिय संजाल घोर भत्सर्ना गर्दछ । शरीरमा मोबिल छ्यापेर आगो लगाउने प्रयास भएको घटनाको जति निन्दा गरेपनि कम हुन्छ । घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाहीको लागि संजाल प्रशासनसंग जोडदार माग गर्दछ ।

 

समाचार प्रशारण प्रकाशन गरेकै विषयलाई लिएर राजनीतिक आवरणमा हुने यस्तो आततायी घटनाले कसैलाई पनि फाईदा गर्दैन । राजनीतिक दलले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर दलको नाममा हुने गलत प्रवृत्तिलाई निरूत्साहित गर्नु जरुरी छ । जतिसक्दो छिटो दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै संजाल प्रशासनले यो विषयलाई गम्भीरतापूर्वक नलिए देशैभरीका रेडियो पत्रकार आन्दोलित हुने चेतावनी दिन्छ ।
सचिव
सुरेश बिडारी
रेडियो पत्रकार राष्ट्रिय संजाल

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला