आन्द्रा नै काटिदिए बच्चा निकाल्दा

ZEN Travels

सल्यान

३० साउन ।

भेरी अञ्चल अस्पताल नेपालगन्जका चिकित्सले शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा पिसाब नली र दिसा गर्ने आन्द्रा काटिदिएपछि बग्चौर नगरपालिका -२ ठिनबाङकी १९ वर्षीया नीतु सुनवारको ज्यान जाखिममा परेको छ ।

भारतको लखनऊस्थित सामरा अस्पतालमा दुइ साताभन्दा बढी समय उपचार गरी फर्के पनि अझै स्वास्थ्यमा सुधार नआएको परिवारले जनाएको छ । उनी ८ महिनादेखि उपचाररत छिन् । लखनऊको सामरा अस्पतालले दिसा पिसाब बाहिर निस्कन पेटको छेवैबाट पाइप जडान गरे पनि समस्या उस्तै रहेको पति भोला सुनारले बताए।

आर्थिक समस्याले औषधि किन्न समस्या भएपछि स्थानीय आमा समूहले १ लाख ४१ हजार रुपैयाँ सहयोग गरेको छ । समूहको सहयोगपछि शल्यक्रियाका लागि सामरा अस्पताल पठाईको हो । आजको कान्तिपुरमा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला