पानीमा डुबेर सर्लाहीमा २ जनाको मृत्यु

ZEN Travels

सर्लाही

साउन ३१ ।

वर्षाका कारण जमेको पानीको खाल्डोमा डुबेर सर्लाहीमा मंगलबार दुई जनाको ज्यान गएको छ । योसँगै सर्लाहीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

हरिपुर नगरपालिका-७ चिताइनका २२ वर्षका लक्ष्मणकुमार दनुवार र कविलासी गाउँपालिका-४ हेमपुरका ७ वर्षका धिरज यादवको खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

ढंग्रा खोलाले बगाएर बेपत्ता भएका लक्ष्मीपुर सुखचैना-९ का १५ वर्षका बालक रुपेश राउत अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला