पानी पीउनबाट पाँचथरवासी वञ्चीत

ZEN Travels

पाँचथर

३० साउन ।

अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ । पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो ।

अहिले आकासेपानीको भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् । खानेपानीको मुहानको संरक्षण गरिदिन, टुटफुट भएका, बगाएका पाइप व्यवस्थापन गरिदिन गाउँपालिकालाई स्थानिएले आग्रह गरेका छन् ।

फालेलुङ–३ मांलेबु र खोलाघारीमा सञ्चालित दुईवटा खानेपानी आयोजनाको मुहान बगाउँदा त्यस भेगका १८३ घरपरिवारमा खानेपानीको समस्या भएको हो ।

फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार गोर्खा वेलफेर स्किमले डेढ वर्षअघि निर्माण गरेको मांलेबुङ खानेपानी आयोजना र दुई वर्षअघि निर्माण गरिएको खोलाघारी खानेपानी आयोजना शुक्रबार बिहानको पहिरोले बगाएको हो । मांलेबुङ खानेपानी आयोजनाको तीन स्थानबाट मुहान थापिएको छ । तीनवटै स्थानको मुहान पहिरोले बगाएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला