मेयर प्रति फलेवास नगरबासी आक्रोसित, मेयर भन्छन् कदापि निर्णय सचाउँदिन

ZEN Travels

पर्वत १८ भदौ ।
पर्बतको फलेवास नगरपालीकामा कृषिजन्य उत्पादन बस्तुमा कर लगाउने निर्णय गरे पछि प्रमुख पदमपाण्ी शर्मा आलोचित भएका छन ।
नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादनमा लगाएको निकासी करको नगरवासीले बिरोध जनाएका हुन् । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा लाग्ने करले नगरवासीहरुलाई नै आर्थिक बोध थप्ने भन्दै बिरोध जनाएका हुन् ।
नगरपालिका कार्यान्यन भएको शुरुमै कृषि क्षेत्रमा हात हाल्नु गलत भएको नगरपालिकाकै कायैकारी अधिकृत मोती सापकोटाले बताए । उनले शुरुमै यस क्षनेत्रमा कर लगाउन भन्दा पनि अन्य करयोग्य क्षेत्र खोज्न आग्रह गरिएको भएपनि नगरप्रमुख लगायत जनप्रतिनिधिबाट अटेर गरिएको बताए ।

नगरपालिकाले सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईने भएको हो । त्यसैगरी खसी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर, माको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताए ।

सदरमुकाम कुश्माबजारसँग जोडिने फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा रहेको मुलुककै अग्लो झोलुङ्गे पुल, दोविल्ला फलेवास सडक अन्तर्गत मल्याङ्गदी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाको भनाई रहेको छ । नयाँ नगरपालिकाको रुपमा रहेको उक्त नगरले पहिलोपटक जिल्लामै नमुनाको रुपमा कृषिजन्य बस्तुमा कर लगाएको हो । यस अघिनै रहेको कुश्मा नगरपालिकाले भने कृषिजन्य बस्तुमा कर लगाएको छैन भने अन्य पाँच वटा गाउँपालिकाले पनि कृषि जन्य बस्तुहरुमा कर लगाउने कार्य्विधि बनाएपनि कार्यान्वयन भने गर्न सकेका छैनन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला