महिला बालबालीका हराउने क्रम बढ्यो

ZEN Travels

 

जिवराज बख्रेल, मकवापनुर

२० भदौ ।
मकवापनुर जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङक अनुसार महिला तथा बाल बालिका हराएको भन्दै खोजीका लागि प्रहरीमा जाहेरी पर्ने क्रम बढेको छ । जिल्ला प्रहरीको अभिलेखअनुसार आव २०७०÷०७१ मा ४५ महिला, १४ बालक र २१ बालिका हराएका थिए भने आव २०७१÷०७२ मा ११० महिला, २४ बालक र २९ बालिका हराए । त्यस्तै आव २०७२÷०७३मा महिला २१९ बालक ३० र बालिका ४० जना हराएको उजुरी परेको छ। भने आर्थिक बर्ष २०७३÷०७३ मा १४८ महिला १० बालक र ५९ बालिका हराएका छन् । यो तथ्याङक हेर्दा अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षमा मानिस हराउने क्रम बढेको छ । प्रहरीको रेकर्डअनुसार हराएकामा अधिकांस महिला,बालबालिका फेला पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालयकाका अनुसार बालबालिका लहैलहैमा घरबाट भागेर सहरतिर र भारततिर जाने गरेको पाइएको छ । अभिभावकलाई थाहै नदिई भागेर गएका बालबालिका बेपत्ता हुने गरेका छन् । भने कतिपयलाई ललाई फकाई लैजाने गरिएको छ । महिलाहरू भने घरायसी विवाद र असन्तुष्टिले गर्दा घर छाडेर बेपत्ता हुने गरेका छन् । कतिपय हराएका भनिएका महिलाले परपुरुषसँग दोस्रो विवाह गरेको पाइको छ । हराउनेहरूमा अधिकांश विवाहित महिला छन् । बालिका भने प्रलोभन र रमाइलोको खोजीमा गाउँघरबाट भागेर अन्यत्र जानाले बेपत्ता हुने क्रम बढेको पाइएको छ । कतिपय मानिस हराएपछि प्रहरीमा खोजीका लागि जाहेरी गर्ने र केही समयपछि घर फर्किएमा प्रहरीमा जानकारी नगराउने भएकाले पनि हराएको अभिलेखमा रहिरहेर बढी देखिएको प्रहरीको भनाई छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला