रेसुंगा गुल्मीका वडा सदस्य विस्फोटक पदार्थसहित पक्राउ

ZEN Travels

काठमाडाैं,

२५ भदाै ।
गुल्मी प्रहरीले विस्फोटक पदार्थसहित रेसुंगा नगरपालिकाका निवाचित वडा सदस्यलाई पक्राउ गरेको छ ।

लु ३२ प ६६०३ नम्बरको मोटरसाईकलमा राखेर तम्घास ल्याउँदै गर्दा प्रहरीले ३३ थान एक्सपोलोसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र केही थान सेफ्टिफ्यूजलगायत सामाग्रीसहित रेनपा ८ का  निर्वा्चित वडा सदस्य ताराबहादुर श्रीसलाई पक्राउ गरेको हो ।

प्रहरीले रेनपा २ उदिनढुंगाबाट मोटरसाइकलसहित श्रीसलाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ व्यक्ति र विस्फोटक पदार्थको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला