एक सय ग्राम अवैध यार्सागुम्बासहित दुईजना भारतीय नागरिक पक्राउ

ZEN Travels

दार्चुला

२६ भदौ  ।

एक सय ग्राम अवैध यार्सागुम्बासहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ।

भारतबाट यार्सागुम्बासहित नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक १९ वर्षीय अनुप नगन्याल र १७ वर्षीय मन्नु राठौरलाई प्रहरीले पक्राउ गरेको हो।

दुवैजनालाई सदरमुकाम खलंगास्थित नेपाल भारत सीमामा रहेको झोलुङ्गे पुलमा जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। उनीहरुलाई आवश्यक कारबाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्रको कार्यालयलाई बुझाइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला