घर पोत्ने माटो लिन जाँदा ढिस्कोले पुरिएर ज्यान गयो

ZEN Travels

हुम्ला

 

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु हुनुका साथै एकजना गम्भिर घाइते भएका छन् । दशैको लागी घर पोत्ने कमेरो माटो खन्न गाउँ नजिकै पुछिमधारा भन्ने ठाउँमा गएकी अदानचुली गाउँपालिका ३ की लक्ष्मी फडेराको मृत्यु हुनुका साथै सोही वडाकी असली थापा गम्भिर घाइते भएकी हुन् ।

दशैमा नजिकै आउन लागेकै बेला कमेरो माटोले घर पोत्ने भन्दै माटो खन्ने क्रममा लक्ष्मीको मृत्यु भयो असली गम्भिर घाइते भएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।  अध्यक्ष फडेराका अनुसार असली थापालाई गम्भिर भएपछि नजिकैको स्वास्थ्यचौकीमा उपचार भइरहेको र मृतक लक्ष्मीको स्थानीय परम्परा अनुसार गाउँमै दाहसंस्कार गरिएको फडेराले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला