बस्तीमा गोही आएपछि उद्धार

ZEN Travels

नवलपरासी ,

असोज २८ ।

नवलपरासीको कावासोती  नगरपालिका  –७,  साढमा बुधबार  गरिएको छ  । बस्ती नजिक फेला परेको गोहीलाई उद्धार गरेर नारायणी नदीमा छाडिएको हो ।

मुसहर समुदायले सामुहिक रुपमा माछा पालन गरेको पोखरीमा स्थानीयले  गोही  देखेपछि चितवन राष्ट्रिय निकुञ्ज लौखानी  रेञ्ज पोष्टका रेन्जर सुशील झालाई खबर गरेका थिए । रेन्जर झाको रोहबरमा गोहीलाई  समातेर ट्याक्टरमा राखेर नारायणी नदी छाडिएको लामिचौर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताउनु भयोे ।

साढे ९ फिट लम्बाई र ३७ ईन्च चौडाई रहेको घडीयाल पोथी गोही माछा पोखरीमा फेला परेको हो ।गोहीलाई नियन्त्रणमा लिएर  ट्याक्टरमा राख्ने क्रममा  रेञ्जर  झा र एक जना स्थानीय युवा घाइते भएका छन । उनीहरु दुबैजनालाई खुट्टा र हातमा गोहीले टोकेर घाउ भएको पौडेलले बताउनु भयो  ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला